चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई पराजित गर्दै रियल म्याड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै रियल फाइनल प्रवेश गरेको हो।साउदी अरेबियास्थित किंग फवाद स्टेडियममा भएको खेलमा रियल म्याड्रिडले खेलमा निरन्तर अग्रता बनाएको थियो। खेलको २५ औं मिनेटमा भिनियस जुनियरको गोलमार्फत रियले अग्रता बनयो। जुनियरले करिम बेन्जमाको पासलाई सदुपयोग गर्दै टिमका लागि गोलको खाता खोलेका थिए। तर‚ बार्सिलोनालाई पहिलो हाफमै खेलमा फर्काउने क्रममा डि जोङले