प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा सत्ता गठबन्धनको पक्षमा दुई तिहाइ बहुमत आउने दाबी गरेका छन् । गृहजिल्ला डडेल्धुराको चुनावी अभियानका क्रममा रातोपाटीसँग विशेष कुराकानी गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले दुई तिहाइ ल्याउनेमा द्विविधा नभएको बताए । आसन्न निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने उनको दाबी छ ।आसन्न निर्वाचनकै सेरोफेरोमा केन्द्रित रहेर रातोपाटीले प्रधानमन्त्री देउवासँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, प्रधानमन्त्री तथा कांग्रेस स