काठमाडौं। नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज देशका सबै (७५३ वटै) पालिकामा जनप्रदर्शन गर्दैछ। प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै एमालेले देशैभरि जनपरिचालन गर्ने निर्णय गरेअनुसार वडा, पालिका, जिल्ला र राष्ट्रिय रूपमा जनप्रर्दशनका कार्यक्रम सार्वजनिक गरेको थियो। पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार आजको कार्यक्रममा कतिपय पालिकाले मोटरसाइकल र्यालीमार्फत एमालेको शक्ति प्रदर्शन गर्दै छन् भने […]