फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा २ रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्यबृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । […]