विज्ञापन गर्दा उपभोग्य वस्तुको गुणस्तरको हेक्का होस् : मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विभिन्न कम्पनीका उत्पादनको विज्ञापन गरिरहँदा ती उपभोग्य वस्तुका गुणस्तरको पक्षलाई पनि हेक्का राख्न सुझाव दिनुभएको छ । नेपाल विज्ञापन सङ्घ ९आन० को आज यहाँ आयोजित २१औँ वार्षिक साधारणसभामा उहाँले भोकसँगै गुणस्तरहीन सामग्रीको प्रयोगबाट हुनसक्ने रोगव्याधीको खतरालाई मध्यनजर गर्दै दूरदराजमा गुणस्तरीय सामग्री पु(याउनेतर्फ हाम्रा विज्ञापन र सूचना परिलक्षित हुनुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “सरकार, निजी क्षेत्र र नागरिक समाज जवाफदेही र जिम्मेवार भएमा मात्र ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल हुनसक्छ, कमजोरीलाई मात्र उछाल्ने होइन, सकारात्मक सन्देश प्रवाह गर्ने र गौरव बढाउने खालका कार्यक्रमलाई विज्ञापन र सूचनामा प्राथमिकता दिए मुलुकको गौरव बढ्छ ।”

सम्बन्धित सामग्री

व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छः मन्त्री गुरुङ

काठमाडौं, १९ पुस । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको आज ललितपुरमा आयोजित सातौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले उद्यमी–व्यवसायीलाई राज्यले संरक्षण गर्ने बताएका हुन् । “हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, हामी त्यसमा प्रतिबद्ध […]

मेरो ध्येय नै मुलुकमा सुशासन : मन्त्री गुरुङ

कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ आफ्नो जीवनको ध्येय नै मुलुकमा सुशासन कायम गर्नु रहेको बताउनुभएको छ । झापा दमक नगरपालिकाले शनिबार आयोजना गरेको साक्षत्कारमा मन्त्री गुरुङले सुशासनबिना लोकतन्त्रको प्रत्याभूति गर्न नसकिने पनि उल्लेख गर्नुभयो । संविधानले परिकल्पना गरेका तीन वटै तहका सरकारमध्ये स्थानीय तह नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकका अधिकांश समस्याको हल स्थानीय …

सबैको जीवन पद्धतिमा परिवर्तन ल्याउनका लागि लाग्नुपर्नेः मन्त्री गुरुङ

पाटन (ललितपुर), २६ असार । सहरी विकासमन्त्री सीता गुरुङले सबैको जीवन पद्धतिमा  परिवर्तन ल्याउन लाग्नुपर्नेमा जोड दिएकी छिन्। ललितपुर जिल्ला समन्वय समितिको जिल्ला सभा शुभारम्भ गर्दै उनले विगतमा लामो समयसम्म राजनीतिक परिवर्तन र लोकतन्त्र प्राप्तिका लागि लाग्नु परेको थियो  अब भने आर्थिक रुपान्तरण र सबैको जीवन पद्धतिमा परिवर्तन ल्याउनका  लागि लाग्नुपर्ने बेला आएको बताएकी छिन् […]

दोषी सबैलाई कारबाही गर्छौं : मन्त्री गुरुङ

स्याङ्जा ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताउनुभएको छ । नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ले स्याङ्जाको वालिङमा आयोजना गरेको प्रथम क्षेत्रीय सम्मेलनमा उहाँले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताउनुभयो । “अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो, सरकार त्यही अनुरुप अघि […]

शान्ति प्रक्रियाको काम ‘हात्ति छिर्यो, पुच्छर अड्कियो’ भयोः मन्त्री गुरुङ

काठमाडौं, २ जेठ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शान्ति प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन् । सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा बसेको पहिलो बैठकमा मन्त्री गुरुङले शान्ति प्रक्रियाको काम ‘हात्ति छिर्यो, पुच्छर अड्कियो’ बनेको बताएका हुन् । अहिले नेपालको शान्ति प्रक्रियाको […]

कँडेलले न्याय पाउनुहुन्छ : मन्त्री गुरुङ

स्व शङ्कर कँडेलले न्याय पाउने नेपाली कांग्रेसका नेताहरुले बताउनुभएको छ । नेपाली कांग्रेस चितवन क्षेत्र नं ३ ले आइतबार भरतपुर महानगरपालिका–८ स्थित कँडेल निवासमा आयोजना गरेको शोक सभामा बोल्दै कांग्रेसका नेताहरूले यस्तो बताउनुभएको हो । सभामा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्व कँडेललाई अन्याय हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “परिवारले दिएको …

पत्रकारका समस्या सम्बोधन गर्न सरकार सकारात्मक : मन्त्री गुरुङ

काठमाडौँ, ९ जेठ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकारका समस्याप्रति जानकार रहेको बताउँदै नेपाल पत्रकार महासङ्घले अघि सारेका विषयलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । महासङ्घको प्रतिष्ठान प्रदेश कमिटीका प्रमण्डलले आज सिंहदरबारमा पत्रकारको निःशुल्क कोरोना उपचारको व्यवस्था मिलाउनलगायतका माग प्रस्तुत गरेपछि सञ्चारमन्त्री गुरुङले सरकारले पत्रकारलाई यसअघि पनि खोप प्रदानमा उच्च प्राथमिकता दिएको […]

आरोपप्रत्यारोप गर्ने बेला होइन, बाँच्ने र बचाउने बेला होः मन्त्री गुरुङ

काठमाडौँ, २३ वैशाख: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोरोना भाइरसविरुद्ध एक जुट हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । सरकारका प्रवक्ता गुरुङले कोरोना भाइरस महामारीका समयमा सरकारको आलोचना मात्रै गर्नेभन्दा पनि सकारात्मक ढङ्गबाट आआफ्ना ठाउँबाट एक जुट भएर सहयोग गर्न सबै राजनीतिक दललाई अनुरोध गरे । मन्त्रालयद्वारा यहाँ आज निजी क्षेत्रका सञ्चारमाध्यमका सञ्चालकसँगको […]