महाधिवेशनबारे एमालेको १७ बुँदे सर्कुलर [पूर्णपाठसहित]

नेकपा एमालेले आसन्न महाधिवेशनलाई मध्यनजर गर्दै कात्तिक २१ गते मातहतका कमिटीलाई १७ बुँदे अन्तरपार्टी निर्देशन–१४ (सर्कुलर) जारी गरेको छ । दशौँ महाधिवेशनका लागि प्रतिनिधि निर्वाचनमा केन्द्रीत भएर यसअघि जारी गरिएको सर्कुलरका सम्बन्धमा बुझाइ र कार्यान्वयनमा एकरुपता कायम गर्न पछिल्लो सर्कुलर जारी गरिएको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीद्वारा हस्ताक्षरित सर्कुलरमा महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्नका लागि आवश्यक निर्देशन र मापदण्डबारे सुझाइएको छ । यस्तै २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरुबाट कम्तीमा दुई महि...