काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । फ्रेन्च लिग वानको उपाधि दाबेदार टोली फाइनलमा पुगेका हो ।
बुधबार राति भएको सेमिफाइनल खेलमा पीएसजीले मोन्टेपेलियरलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्यो । निर्धारित र अतिरिक्त समयमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो...