आगामी मे २९ मा इराकसँग तय भएको मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली तयारी सुरु गरेको छ । नेपाल सुपर लिगको फाइनल खेल बाँकी रहेको अवस्थामा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यस अघि सार्वजनिक गरेका खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेका हुन् ।
नेपाल सुपर लिगका फाइनलिस्ट टोली धनगढी र काठमाडौं रेजर्सका खेलाडी बाहेकका खेलाडीलाई समावेश गर्दै मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले नेपाली टोलीको प्रशिक्षण थालेका छन् । समय सीमा कम भएको भन्दै प्रशिक्षक अल्मुताइरीले खेलाडीलाई कुनै विश्राम विना अभ्यास थालनी गरेका हुन्...