हेटौँडा : हेटौँडामा सम्पन्न स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ। शनिवारको फाइनलमा आयोजक डिफेन्डिङ च्याम्पियन रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ विरुद्ध १-० गोल अन्तरको कठिन जित निकाल्दै आर्मीले उपाधि जितेको हो।
प्रतिष्पर्धात्मक फाइनल खेलमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले ३९ औं…