काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधिसभाको बैठक चल्न दिने भएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक घण्टा बितिसक्दा समेत सुरु हुन सकेको छैन। सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले सरकारको जवाफ सुन्ने र चित्त नबुझे पुनः अवरोध कायम गर्ने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ सुन्ने उनले बताए। ‘आज गृहमन्त्रीको जवाफ सुन्छौँ। सरकारले उच्चस्तरीय समिति गठन गर्छु भन्यो भने सदन च