नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन आह्वान गरेको छ ।
शनिवार काठमाडौंमा बसेको बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला पछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केकोले २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई आह्वान गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने, ‘फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला दुवै पार्टीहरूलाई पूर्ववत अवस्थामा फर्कनको निम्ति निर्...