विवेकशील साझामा विवाद : अन्तर्राष्ट्रिय समिति भंग गर्दै मिश्रसँग सम्बन्धविच्छेदको घोषणा

विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भंग भएको घोषणा भएको छ । पार्टीको मिलन पाण्डे समूहका समितिका संयोजक सुरेश भट्टले अन्तर्राष्ट्रिय समिति भंग गर्दै अध्यक्ष रवीन्द्र मिश्रसँग पनि सम्बन्धविच्छेदको घोषणा गरेका हुन् । ‘विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रविन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत् समूहसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछौँ। तथापि, वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ सिराबाट  संगठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय