महानगरीय प्रहरी परिसर भक्तपुरले संकलन गरेर ९५ वटा अक्सिजन सिलिन्डर अस्पताललाई वितरण गरेको छ ।भक्तपुर अस्पताल, लोकन्थलीस्थित इन्टरनेशनल अस्पताल, कोरिया मैत्री अस्पताल र ललितपुरको अल्का अस्पताललाई सिलिन्डर वितरण गरिएको भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।भक्तपुरमा रहेका उद्योग, कलकारखाना, कवाडी संकलन केन्द्र र वर्कशपबाट प्रहरीले सिलिन्डर संकलन गरेको हो । अस्पतालको पत्रका आधारमा सिलिन्डर वितरण गरिएको एसपी थापाले बताइन् । भक्तपुर प्रहरीसँग संकलित केही सिलिन्डर बाँकी छ । ती सिलिन्