काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित वागमती नदी नजिकै करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर, वतन नखुलेको प्रहरीले जनाएको छ ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका-१८ सेदीस्थित होटल चारगोलको १०२ नम्बर कोठामा सोही महानगरपालिका-१७ छोरेपाटन बस्ने ४३ वर्षीय ईश्वसर गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।