आमिर खानसँग बलिउडमा डेब्यू गर्दै साउथ फिल्म स्टार नागा चैतन्य

काठमाडौं। साउथ इन्डियन फिल्म स्टार नागा चैतन्य बलिउडमा डेब्यू गर्न लागेका छन्। उनी आमिर खानको चलचित्र लालसिंह चड्डामार्फत बलिउडमा डेब्यू गर्न लागेका हुन्। थुप्रै हिट चलचित्र दिइसकेका नागा यो चलचित्रमा विजय सेतुपतिको ठाउँमा रिप्लेस भएका हुन्। यसअघि यो चलचित्रमा विजयलाई ल्याउन खोजिएको थियो। नागाले साउथसँगै तेलुगू तथा तमिल सिनेमा पनि काम गरिसकेका छन्। आमिरको चलचित्रको छायांकन यतिबेला रोकिएको छ।