लोकसेवाले खुलायो अधिकृत स्तरका लागि ठुलो सङ्ख्यामा विज्ञापन

जनकपुरधाम । प्रदेश नम्बर दुईको लोक सेवा आयोगले अधिकृत स्तर (प्राविधिक अप्राविधिक) को लागि ठुलो सङ्ख्यामा विज्ञापन खुलाएको छ । लोकसेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको हो ।

सम्बन्धित सामग्री

३८१ पदका लागि विज्ञापन

लोक सेवा आयोगले ३८१ जना राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि विज्ञापन गरेको छ । बुधबार आयोगले सूचना जारी गरी एकैपटक ठुलो सङ्ख्यामा शाखा अधिकृत पदको विज्ञापन गरेको हो । आयोगले नेपाल परराष्ट्र सेवा, न्याय सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवामा बढुवा र खुलातर्फका लागि उक्त पदको विज्ञापन गरेको लोक सेवा आयोगले जनाएको छ । आयोगले सूचना जारी गर्दै अप्राविधिकतर्फको शाखा अधिकृत पदमा विज्ञापन खोलेको लोक सेवा आयोगका सूचना अधिकारी एकनारायण शर्माले जानकारी दिनुभयो ।

लोक सेवाले खोल्यो शाखा अधिकृतको विज्ञापन

काठमाडौँ । लोक सेवा आयोगले ठुलो सङ्ख्यामा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को विज्ञापन खोलेको छ । आयोगले बुधवार अप्राविधिक तर्फको शाखा अधिकृतमा विज्ञापन खोलेको हो । सामान्य प्रशासन, राजश्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुल्ला र ज्येष्ठता गरी दुई सय ८४ जनाका लागि विज्ञापन खोलिएको छ ।   दरखास्त दिने […]