भक्तपुर जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले बिस्केट जात्रामा राेक लगाएकाे भन्दै सर्वाेच्चमा परेका रिटमा आज आदेश जारी भएकाे छ। अदालतले बिस्केट जात्रामा राेक नलाउन आदेश जारी गरेकाे हाे। संकट व्यवस्थापन केन्द्रले काेराेनाकाे खतरा जारी रहेकाे भन्दै बिस्केट जात्रा नगर्न निर्देशन जारी गरेकाे थियाे।