सरकारले प्रदर्शनमा अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक

सरकारले सामान्य विरोध प्रदर्शनमा पनि अत्यधिक बल प्रयोग गर्ने गरेको प्रतिवेदन सार्वजनिक भएको छ। एम्नेस्टी इन्टरनेसनल सार्वजनिक गरेको प्रतिवेदनमा सरकारी पक्षबाट गम्भीर मानवअधिकार हनन हुने गरेको तथ्य सार्वजनिक भएकाे हाे। त्यस्तै, अभिव्यक्ति स्वतन्त्रता हनन, सामाजिक अपराधका घटनामा उल्लेख्य वृद्धि तथा लकडाउनमा श्रमिककाे संरक्षण गर्न सरकार असफल भएको बताइएको छ।

सम्बन्धित सामग्री

स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड लागू गरिँदै, तत्काल विद्यालय बन्द नहुने

सरकारले आजबाट स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड लागू गर्ने भएकाे छ। साेमबार बसेकाे मन्त्रिपरिषद्काे निर्णयअनुसार नयाँ मापदण्ड लागू हुने भएकाे हाे। त्यस्तै सरकारले काेराेना बढ्दै गएपनि तत्काल विद्यालय बन्द नगर्ने भएकाे छ। यसअघि मन्त्रालयमा बसेकाे सराेकारवालाहरूकाे बैठकले विद्यालय सञ्चालन वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने माग राखेकाे थियाे।

वार्तापछि विप्लव समूह थप अराजक र अपराधिक बनेकाे गुप्तचरकाे दाबी

गुप्तचर निकायले सरकारलाई विप्लव समूहकाे अपराधिक गतिविध जारी रहेकाे रिपार्ट बुझाएकाे छ। निकायले विप्लव समूहले सरकारसँगकाे वार्तालाई कार्यकर्ता रिहा गराउने, प्रतिबन्ध फिर्ता लिने अवसरका रूपमा लिएकाे बताएकाे छ। त्यस्तै समूह चन्दाधन्दामा सक्रिय रहेकाे समेत बताइएकाे छ। समूह थप अराजक र अपराधिक बन्दै गएकाे भन्दै सुरक्षा सतर्कता अपनाउनसमेत आग्रह गरिएकाे छ।

नेपाललाई ओलीकाे चेतावनी, पार्टी ध्वस्त पारे 'ठीक पार्ने'

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई पार्टी ध्वस्त पार्न खाेजे 'ठीक पार्ने' बताएका छन्। उनले नेपाललाई आत्माआलाेचना गरेर पार्टीमा फर्किए स्वागत गर्ने समेत बताएका हुन्। त्यस्तै माओवादीलाई समर्थन फिर्ता लिन समेत प्रधानमन्त्रीले चेतावनी दिएका छन्। उता नेपाल-खनाल समूहले ओली पार्टी विघटन गर्नेतर्फ उद्दत रहेकाे निष्कर्ष निकालेका छन्।

प्रधानमन्त्रीलाई सांसदले साेधे, चुच्चे नक्सा खै ?

नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुच्चे नक्सा खै भन्दै प्रश्न गरेकी छन्। अहिलेको सरकारले 'राष्ट्रियता देखाउने, चुच्चे नक्सा हराउने' भन्दै उनले टिप्पणी गरेकाे हुन्। यसअघि सांसदहरूले लिम्पियाधुरा तथा लिपुलेकमा जनगणना गर्न माग गरेका थिए।

विद्यालय बन्द नगर्न सरकारलाई सुझाव, बच्चाहरूमा भने संक्रमण बढ्दै

काेराेना संक्रमणकाे खतरा रहेकाे भन्दै विद्यालय बन्द गर्नेबारे सरकारले गृहकार्य थालेपछि सराेकारवालाहरूले तत्काल विद्यालय बन्द नगर्न सुझाव दिएका छन्। विद्यालय सञ्चालन वा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिनुपर्ने उनीहरूकाे सुझाव छ। यसअघि सीसीएमसीले विद्यालय बन्द गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेकाे थियाे। मन्त्रिपरिषदकाे बैठक आज बस्दैछ।

बेलायती राजकुमार फिलिपकाे निधन, यस्ताे छ उनकाे नेपाल कनेक्सन

बेलायती राजकुमार फिलिपकाे निधन भएकाे छ। ९९ वर्षका फिलिप महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् हुन्। उनी सन् १९६१ मा राजा महेन्द्र वीरक्रम शाहको निमन्त्रणामा नेपाल आएका थिए। त्यतिबेला उनले शिकार खेल्न राजा महेन्द्रले गरेका आग्रह नकार्न हातमा चाेट लागेकाे अभिनय गरेकाे बताइन्छ। उनी महारानीसहित नेपाल आएका थिए।

माओवादी र जसपालाई समेटेर कांग्रेसले सरकार बनाउने

नेपाली कांग्रेसले माओवादी र जसपालाई संयुक्त सरकार बनाउन प्रस्ताव गरेकाे छ। कांग्रेसले आफ्नाे नेतृत्वमा सरकार बनाउन दुवै पार्टीलाई प्रस्ताव गरेकाे हाे। प्रस्तावमा माओवादी सकारात्मक भएपनि जसपाले परामर्शका लागि समय मागेकाे छ। उता जसपाले जेलबाट छुटाउनुपर्ने आफ्ना नेता कार्यकर्ताकाे विवरण सरकारलाई बुझाएकाे छ।