एमालेका तीनजना मन्त्रीले राजीनामा दिएपछि कर्णालीमा माओवादी नेतृत्वकाे सरकार अल्पमतमा परेकाे छ। एमालेका मन्त्रीहरूले आज राजीनामा दिएका हुन्। एमाले-माओवादी समीकरण बिग्रिएसँगै एमालेले यामलाल कँडेलकाे नेतृत्वमा सरकार निर्माणकाे प्रक्रिया अघि बढाउने भएकाे छ। एमाले कर्णालीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएकाे छ।