रुकुम पुगेर प्रचण्डले भने, बम हान्नेलाई गृहमन्त्री बनाएर गल्ती गरें
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेकाे बताएका छन्। रुकुममा भएकाे जनसभामा बाेल्दै उनले गृहमन्त्रीलाई गद्दारसमेत भनेका छन्। त्यस्तै उनले जनयुद्धका समयमा साथ दिएका सहिद परिवार र जनताको साथ नलिनु आफ्नो कमजोरी भएको भन्दै आत्मालोचनासमेत गरेका छन्।