सर्वाेच्चकाे फैसलापछि पूर्ववत् रूपमा विभाजन भएका एमाले र माओवादी केन्द्रकाे सत्ता साझेदारीबाट माओवादीले हात झिक्न सकिरहेकाे छैन। प्रधानमन्त्रीसँग आधारभूत विषयहरूमै मतभिन्नता रहेकाे बताउने माओवादीले तत्काल 'सेफ ल्याण्डिङ'काे स्थिति नदेखेपछि सत्ता साझेदारी निरन्तर राख्ने छाँट देखाएकाे छ। खासगरी कांग्रेस र जसपाले सत्ता साझेदारीका लागि रूचि नदेखाउँदा माओवादी अनिर्णित बनेकाे हाे।
उता, कांग्रेसले भने माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएमात्रै सरकार बनाउने बारे साेच्ने बताएकाे छ।