एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६–६ महिनाका लागि निलम्बन गरेका छन्। उनीहरूलाई एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने, त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार, आत्मकेन्द्रित कुराहरू स्पष्टीकरणमा लेखेकोले निलम्बन गरेको बताइएकाे छ।
ओली समूहकाे कारबाहीसँगै नेपाल समूह झनै आक्राेशित बनेकाे छ। समूह नयाँ कार्यालयका लागि भवन खाेज्न थालेकाे छ भने समानान्तर रूपमा सांगठनिक संरचना निर्माण गर्न थालेकाे छ।