विश्व स्वास्थ्य संगठनले काेराेनाभाइरस चीनकाे प्रयाेगशालाबाट नफैलिएकाे बताएकाे छ। डब्लूएचओ प्रमुख डाक्टर टेड्रोस अधानोमले कोरोनाभाइरस प्रयोगशालाबाट उत्पत्ति भएको सम्भावना न्यून रहेकाे बताउँदै अन्तिम निष्कर्ष भने नआएकाे उल्लेख गरे। उता अमेरिका, बेलायतसहित १२ देशले संगठनकाे रिपार्टकाे आलाेचना गरेका छन्। यसअघि काेराेना भाइरस चीनले बनाएकाे भन्नेजस्ता दाबीहरू सञ्चारमाध्यममा आएका थिए।