शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसहित मन्त्रालयका अधिकारीहरूको बैठकले मंगलबारदेखि चैत २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका थिए। तर प्रदेश नम्बर १ को इलामस्थित माईजोगमाई गाउँपालिका, इलाम नगरपालिका, रोङ गाउँपालिका, विराटनगर महानगर र गण्डकी प्रदेश अन्तर्गत तनहुँको भिमाद नगरपालिकाले आफ्नो मातहतका विद्यालयहरूमा पठनपाठन जारी राखेका छन्।