भागरथी हत्याकाण्डमा पक्राउ परेका दिनेश भट्टको डिएनए भागरथी भट्टसँग मिलेको छ। प्रहरीका अनुसार अभियुक्तको डिएनए भागरथीकाे भजाइनल स्बाबसँग मिलेको हो। राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा अभियुक्तकाे डीएनए स्बाबसँग मिलेको बताइएको छ। यसअघि अभियुक्तले आफूलाई फसाइएको भन्दै आफन्तसँग फोनमा कुरा गरेको अडियो सार्वजनिक भएको थियो।