स्थानीय तहले आफूलाई केन्द्र सरकारजस्ताे ठान्न नहुने प्रधानमन्त्रीकाे भनाइ
प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सरकारसँग खर्च गर्नसक्ने क्षमता नभएकाे बताएका छन्। नगरपालिका संघको २८ औँ वार्षिकोत्सवलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले स्थानीय सरकारले केन्द्र सरकारजस्ताे सबै काम गर्न नहुने बताएका हुन्। धेरै स्थानीय तहसँग खर्च गर्ने क्षमता नभएकाे बताउँदै उनले ७० प्रतिशत बजेट स्थानीय तहलाई दिन नसकिने बताए।