नयाँ भेरियन्टको कोरोना भित्रिएको विज्ञको दाबी, संक्रमण बढे लकडाउन
भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको आँकलन गर्न थालिएको छ। नेपालमा कोरोना संक्रमितको संख्या उकालो लागेसँगै यस्तो आँकलन हुन थालेको हो। त्यस्तै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण उच्च भएमा लकडाउन हुनसक्ने बताएको छ। यद्यपि सरकार तत्काल लकडाउन गर्ने मुडमा नरहेको बताएको छ।