प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासँग सत्ता सहकार्यकाे कोसिस गरेका छन्। उनले जसपालाई आफू सबै मागप्रति सकारात्मक रहेको बताउँदै आफूलाई समर्थन गर्न आग्रह गरेका हुन्। जसपा कार्यदलसँग भेट गर्दै उनले संसद्मा आफूलाई समर्थन गर्न भनेको जसपा नेताहरूले उल्लेख गरे। त्यस्तै नेता सुवास नेम्वाङले पनि जसपासँगको वार्ता सकारात्मक रहेकाे बताएका छन्।