प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेत्रविक्रम चन्द ‘विप्लव’ सोमबार वालुवाटार पुगेका छन्। विद्राहबाट शान्ति प्रक्रियामा आएसँगै सरकारले सम्झौताअनुसार आफ्ना कार्यकर्ता रिहा नगरेको भन्दै त्यसबारे प्रधानमन्त्रीसँग कुरा गर्न उनी बालुवाटार पुगेका हुन्। भेटका क्रममा प्रधानमन्त्री ओलीले बन्दी रिहा र मुद्दा फिर्ताको प्रक्रियामै रहेकाले केहीदिन पर्खिन आग्रह गरेका थिए।