नेपाली विद्यार्थीहरुले बनाएको 'गरुडा' रकेट १५० मिटर अपलिफ्ट भएर खस्यो

नेपाली विद्यार्थीहरुले बनाएको 'गरुडा' रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर अपलिफ्ट भएर खसेको छ । १० मिटर उचाइको गरुडामा 'पोटासियम नाइट्रेट र सुगर' इन्धनको रुपमा प्रयोग गरिएको थियो ।

गरुडाका मुख्य निर्माणकर्ता मोहन तामाङका अनुसार लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको हो । 

एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पेसपोर्ट अमेरिका कप–२०२१ मा सहभागिता जनाउनका लागि गरुडा तयार पारिएको हो । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ ।


अबको एक महिनापछि दोस्रो परीक्षण गरिँदैछ। प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।