रारा तालमा पानीको सतह घट्यो

"अहिले राराको सतह करिब १० सेन्टिमिटर घटेको हाम्रो अनुमान रहेको छ, तर नाप्ने मेसिन नहुँदा कति घट्यो भन्ने एकिन थाहा हुन सकेको छैन", निकुञ्‍जका संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताएका छन्।

लामो खडेरी र जलवायु परिवर्तनको कारण प्रमुख पर्यटकीय गन्तव्य रारातालमा पानीको सतह घटेको छ । राराबाट निस्किने निकासखोला सुकेपछि तालको सतह घटेको अनुमान गरिएको रारा राष्ट्रिय निकुञ्‍जले जनाएको छ ।


समुद्री सतहदेखि २ हजार ९ सय २९ मिटर उचाइमा अवस्थित राराको गहिराइ १ सय ६७ मिटर छ । रारामा साना–ठूला गरी करिब ६० वटा खोलानाला मिसिने गर्दछन् । पर्याप्त हिमपात र वर्षा नहुादा ती खोलानाला सुकेका छन् । 


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।