सरकारले नेपालमै मल कारखाना खाेल्न अध्ययन थालेकाे छ। अध्ययनअनुसार १ खर्ब ३ अर्ब लगानीमा प्राकृतिक ग्यास प्रविधिमा आधारित रासायनिक मल कारखाना चलाउन सकिने सम्भावना देखिएकाे हाे। पूँजी लगानी, लगानी फिर्ता अवधि र नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना खाेल्न सकिने भनिएपनि कच्चापदार्थका लागि भने भारतकै भर पर्नुपर्ने छ।