शेयर मूल्यमा प्रभाव पारेकाे भन्दै निफ्रालाई नेपाल स्टक एक्सचेन्जले स्पष्टीकरण साेधेकाे छ। बैंकका सिइओ रामकृष्ण खतिवडाको एउटा बयानले शेयर बजारमा कम्पनीको मूल्य एक्कासी बढेपछि नेपाल स्टक एक्स्चेन्जले कम्पनीसँग स्पष्टीकरण माग गरेकाे हाे। सिइओले केही दिनअघि लण्डनको स्टक मार्केटमा ३० मिलियन डलरको बण्ड जारी गर्ने तयारी भएको बताएका थिए।