कर्णाली प्रदेशमा एमाललेले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएकाे समर्थन फिर्ता लिएकाे छ। एमाले संसदीय दलको बैठकले नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिएको हो। समथर्न फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेको छ। उता एमालेकाे नेपाल समूहले भने समर्थन जारी रहेकाे बताएकाे छ।