नेपाल आयल निगमले एक महिनाकाे सेराेफेराेमा इन्धनकाे मूल्य दुईपटक बढाएकाे छ। पछिल्लाेपटक मंगलबार निगमले पुनः इन्धनकाे मूल्य बढाएकाे छ। मूल्यवृद्धि पछिपनि निगमलाई पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ, डिजेल पाँच रुपैयाँ तथा एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ घाटा भइरहेको छ। जसले निगमलाई पाक्षिक एक अर्ब २७ करोड ७० लाख घाटा भइरहेकाे छ।