नेपाल आयल निगमले इन्धनकाे मूल्य पुनः बढाएकाे छ। निगमले इन्धनको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएकाे हाे। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र पेट्राेलकाे मूल्य बढेकाे हाे। नयाँ मूल्यअनुसार पेट्रोल ११८, डिजेल र मट्टीतेल १०१ रुपैयाँ प्रतिलिटर पुगेकाे छ। नेपाली बजारमा इन्धनकाे मूल्य निरन्तर बढिरहेकाे छ।