नेकपा माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने गरी आएकाे सर्वोच्च अदालतको फैसलामाथि छिट्टै पुनरावलोकनमा जाने भएकाे छ। केन्द्रकाे केन्द्रीय बैठकले नयाँ राजनीतिक परिदृश्यका लागि संवाद अगाडि बढाउने समेत बताएकाे छ। यसअघि सर्वाेच्चले पूर्व एमाले र माओवादीकाे एकता अवैधानिक ठहर्याउँदै पूर्ववत् अवस्थामा फर्काइदिएकाे थियाे। यसअघि केन्द्रले पुनरावलाेकनमा नजाने बताएकाे थियाे।