एक नेपालीः जाे बिना अदालती प्रक्रिया ४० वर्षदेखि भारतीय जेलमा बन्द छन्
इलामका दीपक जोशी तिमिल्सिना सुनुवाई विना ४० वर्षदेखि भारतको एउटा जेलमा बन्दी बनेका छन्। सन् १९८० मा दार्जिलिङबाट पक्राउ परेका जाेशीमाथि अहिलेसम्म कुनै सुनुवाई भएको थिएन। कोलकातास्थित दमदम केन्द्रीय कारागारमा बन्दी बनाइएका उनी सोमबार छुट्ने भनिए पनि नछुेटेकाे जनाइएको छ। त्यहाँकाे अदालतले उनीमाथि अन्याय भएकाे स्वीकार गरेकाे छ।