प्रहरीले साढे दुई किलो युरेनियमसहित काठमाडौँबाट चार जनालाई पक्राउ गरेको छ। अमेरिकाको उर्जा मन्त्रालयको वेबसाइट अनुसार १० ग्राम शुद्ध युरेनियम २३५ को मूल्य २० लाख ९ हजार अमेरिकी डलर (करिव १८ करोड रुपैयाँ) पर्छ। यसअनुसार एक किलो यूरेनियमको मुल्य २० करोड ९ लाख अमेरिकी डलर अर्थात १८ अर्ब रुपैयाँ छ।
के हाे युरेनियम?
युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो। युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। यो तत्वको खोज जर्मन रसायनविद मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए।