प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपाबीच भेटवार्ता भएकाे छ। भेटका क्रममा नयाँ सरकार निर्माणका लागि कांग्रेस, जसपा र माओवादीबीच सहकार्य गर्नुपर्ने बारेमा छलफल भएकाे छ। जसपाले तीन दल मिलेर केपी ओली नेतृत्व सरकारको विकल्प दिनुपर्ने प्रस्ताव कांग्रेससमक्ष राखेको हाे। यसअघि जसपा नेताहरूले प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए।