नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओलीतिर लागेका केन्द्रका नेताहरूलाई फर्काउन जाेड नगर्ने बताएका छन्। विगतमा बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु आफ्नो गल्ती भएको भन्दै उनले छिट्टै एमाले फुट्ने बताएका छन्। त्यस्तै उनले जरूरी पर्यो भने आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने स्थिति आउन सक्ने समेत बताएका छन्।