कर्णाली उत्सवको दोस्रो दिन : खेल, स्वास्थ्यदेखि कर्णाली समृद्धिको बहस (भिडियोसहित)

वीरेन्द्रनगरको बुलबुले उद्यानमा सुरु भएको कर्णाली उत्सवको दोस्रो दिन बिहीबार खेल, कर्णालीको दु:ख, स्वास्थ्य, हाटदेखि समृद्धिका विषयमा बहस केन्द्रित भयो । गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले सहजीकरण गरेको ‘आफ्नै कथा, आफ्नै बान्की’ मा बुद्धिसागरसँगै रंगकर्मी हिराबिजुली नेपाली, देउडा गायक नेत्रराज शाही र लेखक सरला गौतमले पनि आफ्नो अनुभव सुनाए ।

गीतकार तथा सञ्चारकर्मी भुपेन्द्र खड्काले सहजीकरण गरेको ‘आफ्नै कथा, आफ्नै बान्की’ मा बुद्धिसागरसँगै रंगकर्मी हिराबिजुली नेपाली, देउडा गायक नेत्रराज शाही र लेखक सरला गौतमले पनि आफ्नो अनुभव सुनाए ।


खेलमार्फत कर्णालीलाई चिनाउने जुम्लाकी सुनमाया बुढाले उत्सवको पहिलो सत्रमा आफ्नो अनुभव सुनाइन् । ‘आफैंले संघर्ष गर्न जरुरी छ,’ उनले भनिन्, ‘संघर्ष गरे कहिँ पनि असफल भइँदैन ।’


कार्यक्रमको अर्को सत्रमा कर्णालीको अर्को पाटो ‘हाट र भोट जाने चलनबारे’ बहस चलाइयो । पत्रकार नगेन्द्र उपाध्यायले सहजीकरण गरेको सत्रमा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले ४० वर्षअघि दुईपटक हाट गएको अनुभव सुनाए । 


‘कर्णाली घुराउरो बग्दो लौरी बगाउँदैन । 

बैरागीका बाजामन डुली अगाउँदैन ।।

कर्णालीको यो लोकभाका गुनगुनाउँदै फागुन २६ फागुन देखि सुर्खेत वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा ‘कर्णाली उत्सव कुडा कर्णाली’को दोस्रो संस्करण सुरु भएको थियो । बुधबारदेखि सुरु भएको उत्सव शनिबारसम्म चल्नेछ ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।