एमालेको माधव नेपाल समूहले वामपन्थी गठबन्धनकै नेतृत्वमा सरकार चल्नुपर्ने निष्कर्ष निकालेकाे छ। सकेसम्म पुनः पार्टी एकताकाे सम्भावना खाेज्नुपर्ने मत उनीहरूकाे छ। एमालेकै सरकार राख्न सक्दाे प्रयास गर्ने बताउँदै उनीहरूले नयाँ परिस्थितिमा तत्काल माओवादी केन्द्रसँग पार्टी एकता सम्भव नभए पनि सत्ता सञ्चालनका लागि गठबन्धन जारी राख्न सकिने निष्कर्ष उनीहरूकाे छ। त्यस्तै पार्टीभित्र ओली समूहले पेलेर लैजान खाेजे संघर्ष गर्ने रणनीति समेत याे समूहकाे रहेकाे छ।
विस्तृतमा