प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीकाे मध्यरातमा पर्ने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुसी पार्ने विशेष दिनको रूपमा मनाइन्छ। यस दिन देशभरका शिव शक्तिपीठहरूमा भक्तजनहरूकाे घुइँचाे लाग्ने गर्दछ। शिव भगवानकाे आराधाना गरी मनाइने याे पर्वमा मूलतः पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना सहित मेला लाग्ने गर्दछ। यस वर्ष पनि परम्परागत रूपमै भारतबाट साधुहरू पशुपति क्षेत्रमा आएका छन् भने पर्वकै लागि पशुपति क्षेत्र सजाइएको छ।
विस्तृतमा