नेकपा खारेज गर्ने सर्वाेच्च र निर्वाचन आयाेगकाे निर्णयसँगै सत्ता समीकरण फेरिएकाे छ। पुनर्जीवित माओवादीले सरकार बनाउनका लागि नयाँ समीकरणकाे खाेजी गर्न थालेकाे छ। माओवादीले जसपा र कांग्रेससँग मिलेर सरकार बनाउने कसरत थालेकाे छ। यसअघि नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल अघि बढाउने निर्णय गरेको थियो। उता जसपाले समीकरणका लागि नयाँ कार्यदल बनाउने भएकाे छ। त्यस्तै कांग्रेसले प्रधानमन्त्री ओलीलाई हटाउने उपयुक्त अवसरका रूपमा हेरेकाे छ।
विस्तृतमा