सर्वोच्च अदालतको फैसलासँगै पूर्ववत् एमाले र माओवादी केन्द्रका रूपमा फर्किएको नेकपालाई निर्वाचन आयोगले पुनः एकताका लागि १५ दिनभित्र सम्पर्कमा आउन भनेको छ। आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो। यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो। तर, सर्वोच्च अदालतले सो पार्टी पहिल्यै अर्कैको नाममा दर्ता भइसकेकाले सोही नाम दिन नसकिने फैसला गरेको थियो। याेसँगै निर्वाचन आयोगले विधिवत् रूपमा ओली-प्रचण्ड नेतृत्वकाे नेकपा खारेज गरेकाे छ।
विस्तृतमा