सर्वाेच्चकाे फैसलाले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र पूर्ववत अवस्थामा फर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसलाई ओली हटाउने उपयुक्त माैकाकाे रूपमा ठम्याएकाे छ। कांग्रेसले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफ्नै नेतृत्वमा सरकार बनाउने संकेत गरेको हाे। देउवाले आफ्नै नेतृत्वमा माओवादी केन्द्र र जनता समाजवादीलाई विश्वासमा लिएर नयाँ सरकार बनाउन गृहकार्य थालेकाे हाे। त्यस्तै कांग्रेसका कतिपय नेताहरूले जसकाे नेतृत्वमा सरकार बने पनि ‘अर्ली इलेक्सन’मा जानुपर्ने बताएका छन्।
विस्तृतमा