दल दर्ता सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलापछि नेकपा ओली समूहले पूर्व नेकपा (एमाले) पुनःस्थापना गर्न थालेको छ। सर्वोच्चले पूर्व माओवादी केन्द्र र एमालेलाई एकता नभएकै स्थितिमा रहेको व्याख्या गरेसँगै वैधानिक रूपमै यी दुई पार्टीबीच एकता नभएको ठहर गर्दै पूर्व एमालेले विभिन्न ठाउँमा पार्टी कार्यालयहरू स्थापना गर्न थालेका छन्। त्यस्तै पूर्व एमाले समूहले केन्द्रीय पार्टी कार्यालयकाे बाेर्ड फेर्ने तयारी समेत गरेकाे छ। उता प्रधानमन्त्री ओलीले हिजै आफूले पूर्व एमालेको बैठक डाक्ने बताएका थिए।
विस्तृतमा