आफूलाई कुन पार्टीको भनेर सोध्ने आफ्नै दलका सांसद भीम रावललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीबारे थाहा पाउन सर्वोच्च जान सुझाएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा सांसद् रावलले सर्वोच्चको फैसलालाई सन्दर्भ लिँदै प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने पार्टीको नाम सोधेका थिए। प्रधानमन्त्री ओलीले रावललाई तपाईंको पार्टी कुन हो भनेर सोध्न बाध्य नपार्न समेत चेतावनी दिएका छन्। त्यस्तै प्रधानमन्त्री ओलीले पहिलाे संसद बैठक नै अवरुद्ध हुनुलाई पहिलाे गाँसमै झिँगाकाे संज्ञा दिएका छन्।
विस्तृतमा