पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

 सन् २००९ को अगष्टमा टर्की र पाकिस्तानबिच रेल सेवा सुरु भए पनि क्षेत्रीय अस्थिरता र सुरक्षाको कारण रोकिएको थियो। पहिलो रेल यही मार्च ४ तारिख बिहीबार अर्थात् आज इस्तानबुलबाट पाकिस्तानका लागि छुट्नेछ।


७ सय ५० टन सामान बोक्ने क्षमताको उक्त रेल १२ दिन पश्चात अर्थात् मार्च १६ तारिख मंगलबारको दिन इस्लामाबाद पुग्नेछ। यो रुटको सबैभन्दा बढी भाग २६ सय किलोमिटर इरानमा पर्नेछ। टर्कीमा १९ सय ५० किलोमिटर पर्नेछ भने पाकिस्तानमा १९ सय ९० किलोमिटिर पर्नेछ।


सञ्चालन हुन लागेको रेल सेवालाई चीनको महत्वाकांक्षी ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआईको महत्वपूर्ण हिस्सा मानिएको छ। टर्कीबाट इरानको तेहरान हुँदै पाकिस्तानको इस्लामाबाद आउने रेलले ६ हजार ५ सय ४० किलोमिटरको यात्रा पार गर्न १२ दिन लगाउने छ।

इस्लामाबादसम्म चिनियाँ रेलको सोझो पहुँच हुने हुनाले यो रुटलाई चीनको मध्य एसिया हुँदै युरोप जोड्ने बाटोको रुपमा लिइएको छ।


सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।